काठमाडौं । साताको कारोबारको पहिलो दिन आइतबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । बिहीबारको तुलनामा नेप्से परिसूचक ४७.७५ अंकले बढेर १९०७.९५ बिन्दुमा पुगेको हो ।
आइतबार नेप्सेमा कुल २९४ कम्पनीको ६५ लाख ३० हजार ६ सय ४३ कित्ता सेयर खरिद बिक्री हुँदा २ अर्व १ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार सोनापुर मिनिरल्स एण्ड आयल लिमिटेडको भएको छ । यस कम्पनीको ११ करोड ६६ लाख ६७ हजार २ सय ६० रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
यस्तै आइतबारको सेयर बजारमा छ्याँग्दी हाइड्रोपावर लिमिटेडका लगानीकर्ताहरु मालामाल भएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो । यस अलवा भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, विजया लघुवित्त वित्तीय संस्था, स्वो-रोजगार लघुवित्त विकास बैंक, रावा इनर्जी डेभलपमेन्ट र मैलुङ्ग खोला जल विद्युत कम्पनीका लगानीकर्ताहरु पनि मालामाल भएका छन् । हेर्नुहोस् आइतबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरूको सूचीः

यसैबीच आइतबारको सेयर बजारमा सोनापुर मिनिरल्स एण्ड आयल लिमिटेडको भएको छ । यस कम्पनीको ११ करोड ६६ लाख ६७ हजार २ सय ६० रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । यस अलावा रिलायबल नेपाल लाइफ इन्स्योरेन्स, नबिल बैंक लिमिटेड, सिटिजन्स लाइफ इन्स्योरेन्स, आइएमई लाइफ इन्स्योरेन्स र सानिमा जीआइसी इन्स्योरेन्समा पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् आइतबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरूको सूचीः

यस्तै आइतबारको सेयर बजारमा इन्फिनिटी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य २ प्रतिशत भन्दा धेरैले घटेको हो । इन्फिनिटी लघुवित्त वित्तीय संस्थामा यस्तो गिरावट आउँदा एनएमबी सुलभ इन्भेस्टमेन्ट फण्ड-२, आशा लघुवित्त वित्तीय संस्था, आत्मनिर्भर लघुवित्त वित्तीय संस्था र नबिल डेबेञ्चर २०८५ मा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् आइतबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्