काठमाडौं । नेपालमा एकै पटक धेरै संख्यामा भियतनामी पर्यटक घुम्न आउने भएका छन् । रुप्से होलिडेज्ले गत अक्टोबर २१, २५ र २९ मा हिमालय एअरलाईन्सको एअरबस ३ सय २० जाहाज चार्टर गरेर काठमाडौंबाट भियतनामको हनोईसम्म सोझो उडान गरेसँगै पर्यटनको विकासमा नयाँ उचाइ हाँसिल गर्न सफल भएको हो ।
चार्टर्ड उडानमार्फत भियतनामबाट २ सय २५ भन्दा बढी पर्यटक नेपाल भित्रिए भने ३ सय २८ भन्दा बढी नेपाली पर्यटकले भियतनामको भ्रमण अवलोकन गरेको रुप्सेले जानकारी दिएको छ ।
नेपाली पयर्टकले भियतनामको हनोईको पाँच दिने भ्रमण गरेर १ लाख २० हजार रुपैंया खर्चिए भने भियतनामबाट आएका पर्यटकले काठमाडौं, पोखरा, लुम्बिनी र सौराहाको भ्रमण गरेको रुप्से होलिडेज्ले जनाएको छ । दुवैतर्फका पर्यटक उक्त भम्रणबाट साहै्र खुशि र सन्तुष्ट रहेका थिए ।
सो उडानबाट भियतनाम घुम्न आईपुगेकी आईएम द वल्र्डट्राभलरका रुपमा चिनिएकी यूवा ट्राभलर न्हेन्सु गौतम भन्छिन्, ‘चार्टर उडानबाट भियतनाम घुम्नुको मज्जै बेग्लै रह्यो, हरेक ठाउँमा आफूलाई भिआईपी भएको महशुष भयो । यो उडान नहुँदो हो त भियतनाम धुम्न जान पैसा पनि धेरै लाग्ने थियो झण्जट पनि धेरै हुनेथियो अनि रुप्से होलिडेजले बजेटमा पनि राम्रो टुर प्याकेज बनाएको रहेछ । मैले अपेक्षा गरेभन्दा यो टुर राम्रो थियो ।’
‘मात्र ३ घण्टा सोझो उडानबाट जोडिएको भियतनाम नेपाल हवाई सम्पर्क र यसबाट सहज भएको नयाँ पर्यटकीय गन्तब्य प्रति नेपालीको उत्साहपूर्ण आकर्षण हुनु र भियतनाका पर्यटकले पनि नेपाल प्रति उच्च आकर्षण देखाउनाले नयाँ बर्ष लागे सँगै २०२४ को जनवरी ०५ र जनवरी १० मा थप दुई चार्टर उडान गर्ने निर्णय गरेका छौं ।’
रुप्से होलिडेज्का प्रबन्ध निर्देशक रमेश पराजुली भन्छन्, ‘हामीलाई आर्थिक रुपमा यि उडानहरु खासै मूनाफा योग्य छैनन् तर हामीले देशको पर्यटन क्षेत्रको विकासका लागि यो जोखिम उठाएका थियौं । हामी यसमा अपेक्षाकृत सफल रह्यौं । नेपालको पर्यटकीय स्थानहरुका बारेमा भियतनाम सम्म प्रबद्र्धन गयौँ, १५ प्रतिशत भन्दा बढी बुद्ध धर्मालम्बि रहेको देश भियतनाममा हामीले लुम्बिनीमा बुद्ध जन्मेका हुन् भन्ने सन्देश प्रवाह गर्दै धार्मीक पर्यटनकोसमेत बृद्धि गर्ने योजना बुनेका छौं । यसमा राज्यका निकायहरुको सकारात्मक साथ पाए हामीले ठूलो उपलब्धि हाँसिल गर्ने थियौं ।’
त्यस्तै, आगामी डिसेम्बरमा भियतनाम घुम्न चाहने नेपाली पर्यटकले ९९ हजार ९ सय उनान्सय रुपैंयामा भियतनाम घुम्न सक्ने रुप्सेले जानकारी दिएको छ । साथै, दुई तर्फी हवाई टिकट, पाँच रात होटल र हलोङ्ग बे मा डे क्रुजसहित टुर प्याकेजसमेत समेटिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्