×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनआईसी एशिया लघुवित्तको १५ प्रतिशत नगद लाभांश घोषणा 

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

एनआईसी एशिया लघुवित्तको १५ प्रतिशत नगद लाभांश घोषणा 

Artha Sarokar

१० मंसिर २०८०, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । एनआईसी एशिया लघुवित्तले सेयरधनीलाई १५ प्रतिशत नगद लाभांश दिने भएको छ । लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई उक्त लाभांश दिने घोषणा गरेको हो ।

मंसिर ८ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले यसवर्ष आफ्ना सेयरधनीलाई १५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो ।  

योसँगै कम्पनीले नगद लाभांशको १५ प्रतिशत अर्थात २६ करोड ९ लाख १६ हजार रुपैयाँ सेयरधनीमा वितरण गर्नेछ । लघुवित्तले घोषणा गरेको लाभांश नियामक नेपाल राष्ट्र बैंक र आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीमा वितरण गरिनेछ । 

हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब ७३ करोड ९४ लाख ४० हजार रुपैयाँ रहेको छ । 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी