Skip to content
LAXMI SUNRISE BANK

निफ्राको नाफा ९ प्रतिशतले बढ्यो, ईपीएसमा पनि सामान्य सुधार (विवरणसहित)

अर्थ सरोकार

काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)को नाफा ९ प्रतिशतले बढेको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा ३७ करोड ८६ लाख रुपैयाँ खुद नाफा कमाएको निफ्राको नाफा चालु आर्थिक वर्षको सोही अवधिमा ९.३० प्रतिशत बढी अर्थात ४१ करोड ३८ लाख रुपैयाँ पुगेको छ ।

वितरणयोग्य मुनाफा २१ करोड २४ लाख रुपैयाँ रहेको निफ्राको चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खुद ब्याज आम्दानी र स्ञ्चालन मुनाफा बढ्दा खुद नाफा बढ्न पुगेको हो ।

पहिलो त्रैमासमा निफ्राको खुद ब्याज आम्दानी ६.९९ प्रतिशतले बढेर ७० करोड १५ लाख र कुल सञ्चालन आम्दानी ६.८४ प्रतिशतले बढेर ७० करोड ६५ लाख रुपैयाँ पुगेको छ । समीक्षा अवधिमा निफ्राको सञ्चालन मुनाफा भने ९.२८ प्रतिशतले बढेर ५९ करोड ११ लाख रुपैयाँ पुगेको छ ।

समीक्षा अवधिमा निफ्राको नाफासँगै प्रतिसेयर आम्दानी (ईपीएस) पनि बढेको छ । यसअवधिमा निफ्राको ईपीएस ६५ पैसाले बढेर ७ रुपैयाँ ६६ पैसा पुगेको छ । पहिलो त्रैमासमा यसको प्रतिसेयर नेटवर्थ ११२ रुपैयाँ २ पैसा रहेको छ भने मुल्य आम्दानी अनुपात २४.३६ गुणा रहेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK