काठमाडौँ । नेपाल राष्ट्र बैंकले भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन २०८० जारी गरेको छ । सोमबार राष्ट्र बैंकले भुक्तानी सम्बन्धी कार्य गर्ने अनुमतिप्राप्त संस्थाहरुका लागि भुक्तानी प्रणाली सम्बन्धी एकीकृत निर्देशन २०७९ र सो प्रश्चात जारी निर्देशन तथा परिपत्रसमेत समावेश गरी भुक्तानी प्रणाली सम्बन्धी एकीकृत निर्देशन २०८० जारी गरेको हो ।
राष्ट्र बैंकले जारी गरेको उक्त निर्देशनमा विद्युतीय भुक्तानी कार्ड सञ्चाल सम्बन्धी व्यवस्था, दूरसञ्चार सञ्जालमार्फत स्वदेशी मुद्रामा भुक्तानी सेवा सञ्चालनसम्बन्धी व्यवस्था, विद्युतीय भुक्तानी प्रणालीको सञ्चालन तथा सुरक्षासम्बन्धी व्यवस्था, इ-मनी (वालेट) सेटलमेन्ट सम्बन्धी व्यवस्था, विद्युतीय माध्यमबाट गरिने कारोबार सीमा तथा शुल्कसम्बन्धी व्यवस्था, वार्षिक वित्तीय विवरण सार्वजनिक/प्रकाशन गर्नुपुर्व स्वीकृति लिनेसम्बन्धी व्यवस्था तथा आरटिजिएस सिस्टम सञ्चालनसम्बन्धी व्यवस्थाहरु समावेश गरिएको छ ।
त्यस्तै, उक्त निर्देशिकामा शाखारहित बैंकिङ्ग सेवा तथा आधिकारिक प्रतिनिधिसम्बन्धी व्यवस्था पनि समावेश गरिएको छ । सँगै इलेक्ट्रोनिक चेक क्लियरिङ सम्बन्धी व्यवस्था, तथ्याङ्क विवरणसम्बन्धी व्यवस्था, संस्थागत सुशासनसम्बन्धी व्यवस्था, जोखिम व्यवस्थापनसम्बन्धी व्यवस्था, ग्राहक हित संरक्षणसम्बन्धी व्यवस्था, सम्पत्ति शुद्धीकरण तथा आतंकवादी कार्यमा वित्तीय लगानी निवारणसम्बन्धी व्यवस्था तथा भुक्तानी प्रणालीको अन्तरआवद्धता तथा पहुँच सम्बन्धी व्यवस्था पनि समावेश गरिएको छ । यस्तो छ भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन–२०८० को पूर्णपाठः
nrb
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्