Skip to content
LAXMI SUNRISE BANK

एनआरएन अध्यक्ष शर्मासहितको टोलीले गरे उपप्रधानमन्त्री खड्कासँग भेटवार्ता

अर्थ सरोकार

काठमाडौं । एनआरएन अध्यक्ष शर्मासहितको टोलीले उपप्रधानमन्त्री खड्कासँग भेटवार्ता गरेका छन् । गैर आवासीय नेपाली संघ (एनआरएनए) समानान्तर कमिटिका अध्यक्ष राजेन्द्रकुमार (आर के) शर्मा नेतृत्वको टोलीले उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्कासँग भेटवार्ता गरेका छन् ।

भूकम्प प्रभावित क्षेत्रहरु जाजरकोट र रुकुम पश्चिमकामा पुगेर राहत सामग्री वितरण गरेपछि उपप्रधानमन्त्री खड्कासँग सुर्खेतस्थित निवासमा एनआरएन टोलीले भेटवार्ता गरेका हुन् । सो भेटवार्तामा अध्यक्ष शर्मासहित निवर्तमान अध्यक्ष रविना थापा, महासचिव बुद्धि सागर सुवेदी, युरोप संयोजक चिन्तामणी सापकोटा तथा एनआरएन अभियन्ता ओम शर्माहरुको सहभागी रहेको थियो ।उक्त, अवसरमा अध्यक्ष शर्माले एनआरएनएले भूकम्प प्रभावित क्षेत्रमा वितरण गरेको राहत सामग्रीको बारेमा जानकारी गराएका थिए । साथै, आगामी दिनमा  गैर आवासीय नेपालीहरुको ज्ञान र सीपका आधारमा भूकम्प पछिको पुनस्निर्माणमा आफूहरुले सरकारसँग समन्वय गरेर काम गर्ने शर्माले प्रतिबद्धता जनाएका छन् ।

उपप्रधानमन्त्री खड्काले जवाफमा विपद्को बेला सबै एकजुट भएर सहयोग गर्नु पर्ने र त्यसका लागि एनआरएनएले गरेको कामको सरकारले उच्च मूल्यांकन गर्ने बताएका छन् ।

त्यस्तै, जाजरकोटको रामीडाँडा केन्द्रविन्दू भएर गत शुक्रबार गएको ६ दशमलव ४ रिक्टर स्केलको भूकम्पबाट ठूलो मानवीय तथा भौतिक क्षति भएपछि हाल राहत वितरण र उद्धार कार्य भइरहेको खड्काले जानकारी दिएका छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK