Skip to content
LAXMI SUNRISE BANK

आजदेखि सरकारी कार्यालय १ घण्टा छिटो बन्द हुने

अर्थ सरोकार

काठमाडौँ । आज (कात्तिक १६ गते) बिहीबारदेखि सरकारी कार्यालयहरु १ घण्टा छिटो बन्द हुने भएका छन् । हालसम्म बिहान १० बजेदेखि अपरान्ह ५ बजेसम्म कार्यालय खुल्ने गरेको भए पनि अब भने सरकारी कार्यालयहरु ४ बजे नै बन्द हुने भएका हुन् ।

गृह मन्त्रालयका अनुसार कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म सरकारी कार्यालयहरु १ घण्टा छिटो बन्द हुने भएका छन् ।

हिउँद सुरु भएसँगै दिन पनि छोटा हुने भन्दै सरकारले तीन महिनाका लागि सरकारी कार्यालय सय १ घण्टा छोट्याएको हो । योसँगै अब सरकारी कार्यालयहरु बिहान १० बजे खुल्नेछन् भने अपरान्ह ४ बजे नै बन्द हुनेछन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK