Skip to content
LAXMI SUNRISE BANK

आयल निगमको स्वागतयोग्य कामः भूकम्प पीडितको उद्धारमा परिचालित जहाज र हेलिकप्टरको इन्धन खर्च बेहोर्ने  

अर्थ सरोकार

काठमाडौँ । नेपाल आयल निगमले भूकम्प प्रभावितको उद्धारमा प्रयोग भएका जहाज र हेलिकप्टरको इन्धन खर्च बेहोर्ने भएको छ । एक विज्ञप्ति जारी गर्दै निगमले भूकम्प प्रभावित जाजरकोट, रुकुम पश्चिम र रुकुम पूर्वमा प्रभावितहरुको उद्धारमा परिचालित हेलिकप्टर र जहाजको इन्धन खर्च बेहोर्ने घोषणा गरेको हो । 

निगमका अनुसार भूकम्प प्रभावित क्षेत्रमा राहत तथा उद्धारका लागि प्रयोग भएका नेपाल एयरलाइन्स र नेपाली सेनाको हवाइजहाज तथा हेलिकप्टरमा प्रयोग हुने इन्धनको सम्पूर्ण खर्च निगमले बेहोर्नेछ । 

चालु आर्थिक वर्ष २०८०/८१ को संस्थागत उत्तरदायित्व शीर्षकबाट उक्त खर्च बेहोर्ने निर्णय गरेको निगमले जनाएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK