×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पाकिस्तानमा सरकारी अधिकारीलाई ‘साहिब’ भन्न नपाइने !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

पाकिस्तानमा सरकारी अधिकारीलाई ‘साहिब’ भन्न नपाइने !

Artha Sarokar

६ मंसिर २०८०, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । पाकिस्तानमा अबदेखि सरकारी अधिकारीहरूलाई ‘साहिब’ भन्न नपाइने भएको छ । सर्वोच्च अदालतका प्रधानन्यायाधीश काजी फैज इसाले सरकारी अधिकारीका लागि ‘साहिब’ शब्द प्रयोग गर्न प्रतिबन्ध लगाउने आदेश गरेका छन् ।

आफ्नो दुई पृष्ठको आदेशमा प्रधानन्यायाधीशले ‘साहिब’ शब्दले अनावश्यक रूपमा अधिकारीको हैसियत उचाल्ने र जनताप्रति जवाफदेही नभएको अनुभूति गराउने बताएका छन् ।

इसाले कसैको पदमा ‘साहिब’ शब्द जोड्नु ठीक नभएको बताउँदै यसले अधिकारीहरूमा गर्वको भ्रम सिर्जना गर्ने पनि उल्लेख गरेका छन् । प्रधानन्यायाधीशले गत वर्ष पेशावरमा एक बालकको हत्याको सम्बन्धमा दायर गरेको निवेदनको सुनुवाइ गर्दै गर्दा यस्तो आदेश आएको हो । उनले फैसलामा खैबर–पख्तुनखा प्रान्तका महाधिवक्ताले स्थानीय प्रहरी सहायक निरीक्षकलाई ‘डीएसपी साहिब’ भनेर सम्बोधन गरेको पनि उल्लेख गरेका थिए ।

सुनुवाइका क्रममा प्रधानन्यायाधीशले महाधिवक्तालाई गाली पनि गरेका थिए । उनले त्यतिबेला भनेका थिए ‘साहिब बोलाएर सबै बिगार्यौ । उहाँ डीएसपी वा असक्षम डीएसपी हुनुहुन्छ, साहिब होइन ।’
न्यायाधीश इसाले यो मुद्दामा चालान दुईवटा बयानमा आधारित रहेको र उचित अनुसन्धान नभएको पनि टिप्पणी गरेका थिए ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी