काठमाडौँ । राष्ट्रपतिबाट आममाफी पाएर जेलबाट छुटेका व्यक्ति रकम असुली र ज्यान मार्ने धम्की दिएको आरोपमा पक्राउ परेका छन् । जेठ १४ गते गणतन्त्र दिवसको अवसरमा राष्ट्रपतिबाट आममाफी पाएर जेलबाट छुटेका भरतपुर महानगरपालिका–९ का ५५ वर्षीय रामचन्द्र थापा पक्राउ परेका हुन् ।
थापा ९ वर्षको कैद सजाय पाएर जेलमा बसेका तर असल चालचलन भन्दै राष्ट्रपतिबाट आममाफी पाएर जेलबाट छुटेका थिए ।
उनले भरतपुर–१ मा धनवन्तरी मेडिकल सञ्चालक सोमराज सुवेदी र उनका १३ वर्षीय छोरालाई अपहरण गरी ज्यान मार्ने धम्की दिएको प्रहरीले जनाएको छ । थापाले सुवेदीसँग २५ लाख रुपैयाँ मागेका थिए ।
पैसा नदिए आफूलाई ज्यान मार्ने धम्की आएको भन्ने उजुरीका आधारमा प्रहरीले थापालाई मंगलबार भरपुर अस्पतालको नयाँ गेट अगाडिबाट पक्राउ गरेको हो । पक्राउ परेका थापाविरुद्ध अदालतबाट म्याद थप गरी थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्