Skip to content
LAXMI SUNRISE BANK

पसलबाट कुर्ता सुरुवाल र टप्स चोर्ने सासु–बुहारी पक्राउ

अर्थ सरोकार

काठमाडौँ । काभ्रेमा कपडा पसलबाट कुर्ता, सुरुवाल र टप्स चेर्ने सासु बुहारी पक्राउ परेका छन् । सपिङ गर्ने भन्दै ग्राहक बनेर कपडा पसलमा गइ चोरी गर्ने सासु बुहारी पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा दोलखाकी ६३ वर्षीया दुर्गा विक र ३५ वर्षीया विनिता विक रहेका छन् । उनीहरु दुवैजना सासु बुहारी रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उनीहरुले जेनुन कस्मेटिक एण्ड फेन्सी पसलबाट गत जेठ १८ गते १६ थान कुर्ता, सुरुवाल र ६ थान टप्स चोरी गरेका थिए । पक्राउ परेसँगै उनीहरुको साथबाट चोरीका कपडा बरामद गरिएको प्रहरीले जनाएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK