काठमाडौँ । काठमाडौँबाट नक्कली नोटसहित दुई महिला पक्राउ परेका छन् । नक्कली नोटको कारोबार गर्ने गरेको सूचनाको आधारमा सोमबार राती प्रहरीले दुई जना महिलालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा शंखरापुर नगरपालिका ७ कोलागालमा कोठा भाडामा बस्ने सिन्धुपाल्चोककी ४९ वर्षीया सिर्जना थापा र बूढानिलकण्ठ नगरपालिका १२ कपन बस्ने ओखलढुंगाकी ४१ वर्षीय मैया कुमारी घिमिरे रहेका छन् । पक्राउ परेकी सिर्जनाको साथबाट प्रहरीले १ हजार दरको १ लाख ४० हजार र कुमारीको साथबाट १ हजार दरको २१ हजार नक्कली नोट बरामद गरेको छ ।
प्रहरीका अनुसार सिर्जनालाई प्रहरी प्रभागको टोलीले शंखरापुर–७ कोलागालबाट र मैयालाई प्रहरी प्रभाग कपनको टोलीले बुढानिलकण्ठ–१२ निलोमाइक्रो पार्क नजिकबाट पक्राउ गरेको हो ।
पक्राउ परेका दुवैजनाविरुद्ध थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्