×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

तीनकुेबाट दुर्गा प्रसाईंका समर्थकलाई प्रहरीले समात्यो, पक्राउ पर्नेहरु अधिकांश लघुवित्त पीडित !

PRIME CA

तीनकुेबाट दुर्गा प्रसाईंका समर्थकलाई प्रहरीले समात्यो, पक्राउ पर्नेहरु अधिकांश लघुवित्त पीडित !

८ मंसिर २०८०, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । प्रहरीले दुर्गा प्रसाईंका समर्थकहरुलाई पक्राउ गर्न सुरु गरेको छ । बिहीबार काठमाडौँको तीनकुने, बानेश्वर, कोटेश्वर लगायतका क्षेत्रहरुबाट प्रसाईंका समर्थकलाई पक्राउ गर्न सुरु गरिएको हो । 

प्रसाईंले बिहीबार काठमाडौँको तीनकुनेमा प्रदर्शन गर्ने घोषणा गरेलगत्तै प्रहरीले तीनकुने क्षेत्रबाट आन्दोलनमा सहभागी हुन आएका प्रसाईंका समर्थकलाई पक्राउ गर्न थालेको हो । प्रहरीले शंका लागेका र प्रसाईंको आन्दोलनमा सहभागी हुन आउनेहरुलाई भकाभक पक्राउ गरिरहेको प्रसाईंका समर्थकले जनाएका छन् । 

हाल तीनकुने लगायतका क्षेत्रमा प्रहरीले शंकास्पद व्यक्तिहरुलाई सोधपुछ र नियन्त्रणमा लिइरहेको छ । 

तीनकुनेमा हुने भनिएको प्रसाईंको प्रदर्शनमा काठमाडौँ प्रशासनले रोक लगाएपछि हाल तीनकुनेमा प्रसाईंको समर्थकहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो । यसरी प्रहरीले नियन्त्रणमा लिइएकाहरुमध्ये अधिकांश लघुवित्तका पीडितहरु रहेको पाइएको छ । 

हाल सरकारले प्रसाईंलाई अघोषित नजरबन्दमा राखेको छ । अहिले प्रसाईंको निवासमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । आफू नजरबन्दमा परे पनि आफ्नो आन्दोलन नरोकिने प्रसाईंले दाबी गरेका छन् । 

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: