×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पञ्चकन्या ग्रुपद्वारा निःशुल्क स्वास्थ्य शिविरको आयोजना

GLOBAL IME BANK

पञ्चकन्या ग्रुपद्वारा निःशुल्क स्वास्थ्य शिविरको आयोजना

१९ कार्तिक २०८०, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं ।  पञ्चकन्या ग्रुपले ५१औं वार्षिकउत्सवको अवसरमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ । कार्तिक १७ गते काठमाडौं मेडिकल कलेजको प्राबिधिक सहयोगमा नि : शुल्क स्वास्थ्य शिविरको आयोजना गरेको थियो ।

उक्त शिविरमा नाक, कान, घाँटी, आँखा, दन्त सेवा, स्त्री रोग, मुटु रोगको परीक्षण अन्तर्गत इसिजी तथा इको, बाल रोग, शल्यक्रिया,  हाडजोर्नी तथा नशा र सामान्य स्वास्थ्य जाँच गरिएको थियो । शिविरबाट २९४ जनाले लाभ लिएका थिए ।

पञ्चकन्या ग्रुपले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत यस्ता कार्यक्रमहरु नियमित रुपमा सञ्चालन गर्दै आएको र ग्रुपले यस प्रकारका कार्यहरुलाई मुख्य प्राथमिकतामा राख्ने जनाएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: