काठमाडौं । मेवा, किवी र काँचो नरिवल जस्ता फलफूलको माग बढेको छ । डेंगी रोग बढेका कारण यी फलफुलको माग बढेको हो ।
अन्य फलफूलको तुलनामा डेंगी लागेको बेला मेवा, किवी र काँचो नरिवल बढी खाने गरिन्छ । यी फलफूलले डेंगी रोगबाट लड्ने रोग प्रतिरोधात्मक शक्ति बढाउने गर्छन् । फलफूलले नै औषधी सरहको काम गर्ने भएपछि जति नै महँगो भएपनि यी फलफुलको सेवन गर्ने गरेको पाइएको छ ।
कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सार्वजनिक गरेको मूल्यसूची अनुसार नेपाली मेवा प्रतिकेजी न्युनतम ८० रुपैयाँदेखि अधिकतम ९० रुपैयाँ रहेको छ । भारतीय मेवा प्रतिकेजी न्युनतम १४० रुपैयाँदेखि अधिकतम १६० रुपैयाँमा किनबेच भईरहेको छ । त्यस्तै, किवी प्रतिकेजी न्युनतम २०० रुपैयाँदेखि अधिकतम ३०० रुपैयाँ रहेको छ ।
अन्य समयमा काँचो नरिवल प्रतिगोटा ८० देखि १०० रुपैयाँ पर्थ्यो भने अहिले यसको मूल्य १५० रुपैयाँदेखि २०० रुपैयाँ रहेको छ । डेंगी रोग लागेका बेला काँचो नरिवलको पानी सेवन गर्नाले धेरै नै फाइदा हुने भएकाले महँगो भएपनि यसको माग बढेको व्यवसायीहरुले बताएका छन् ।
कालिमाटी तरकारी तथा फलफूल बजार विकास समितिले दैनिक फलफूलको मूल्य सार्वजनिक गर्ने गर्छ । तर समितिले सार्वजनिक गरेको मूल्यभन्दा दोब्बर मूल्यमा सर्वसाधारणले खरिद गर्ने गरेको पाइएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्