Skip to content
LAXMI SUNRISE BANK

पाटन अस्पतालमा सुई लगाउनेबित्तिकै २ बिरामीको मृत्यु

अर्थ सरोकार

काठमाडौँ । पाटन अस्पतालमा सुई लगाउनेबित्तिकै दुई बिरामीको मृत्यु भएको छ । सोमबार अस्पतालमा उपचाररत ओखलढुंगाकी ९० वर्षीया जनमाया र ललितपुरका ६८ वर्षीय कृष्णबहादुर नगरकोटीको मृत्यु भएको हो ।

उनीहरुलाई डियुटीमा भएका नर्सले सुईमार्फत दुई एन्टिबायोटिक औषधि चलाएका थिए । तर, सुईमार्फत उक्त औषधी चलाएको केहीबेरमै दुवै बिरामीको मृत्यु भएको हो ।

सुईमार्फत औषधि चलाएको केहीबेरमै मृत्यु भएकी नगरकोटी उपचारका लागि कात्तिक १० गते र राई कात्तिक १६ गते अस्पताल भर्ना भएका थिए । सुई लगाएलगत्तै मृत्यु भएपछि मृतकका आफन्तले स्वास्थ्यकर्मीले गलत औषधि दिँदा बिरामीको मृत्यु भएको आरोप लगाएका छन् ।

तर, अस्पतालले भने दुवै बिरामीलाई चलाइएको औषधि सुरक्षित रहेको दाबी गरेको छ । दुवै बिरामी निमोनियाको बिरामी भएको र उमेर पनि धेरै भएकाले मृत्युको कारण अरु नै हुनसक्ने चिकित्सकहरु बताउँछन् । यद्यपी दुवै बिरामीलाई दिइएको औषधि परीक्षणका लागि पठाइएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK