×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लेकसाइड २४सै घण्टा खोल्न दिन अदालतको आदेश

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

लेकसाइड २४सै घण्टा खोल्न दिन अदालतको आदेश

Artha Sarokar

२२ कार्तिक २०८०, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । पोखराको लेकसाइड २४सै घण्टा खुला राख्न अदालतले आदेश दिएको छ । बुधबार उच्च अदालत पोखराका कामु मुख्य न्यायधीश राजनप्रसाद भट्टराईको एकल इजलाशले लेकसाइड २४सै घण्टा खुला राख्न आदेश दिएको हो । अदालतले कानूनबमोजिम व्यापार व्यवसाय गर्न रोक्ने तथा रोक्न लगाउने कार्य नगर्न जिल्ला प्रशासन कार्यालय कास्कीको नाममा आदेश दिएको हो ।

मंगलबार देवीकुमारी बरालले जिल्ला प्रशासन कार्यालय कास्कीलाई विपक्षी बनाएर हालेको रिटमा सुनुवाई गर्दै अदालतले १५ दिनभित्र लिखित जवाफ पेश गर्न प्रशासन लगायतका विपक्षीलाई आदेश दिएको छ ।

पोखराको लेकसाइड २४सै घण्टा खोल्ने विषयमा के भएको हो ? निवेदकको माग अनुसारको आदेश कि जारी हुनु नपर्ने हो ? र निवेदकको मागअनुसारको आदेश जारी हुनु नपर्ने भए कारण एवम् प्रमाणसहित म्याद सूचना तामेल भएको मितिले १५ दिनभित्र लिखित जवाफ पेश अदालतले आदेश दिएको छ ।

तर, विगतदेखि नै लेकसाइड २४सै घण्टा खोल्नुपर्ने विषयमा बहस चले पनि प्रहरी प्रशासनले भने अहिलेको अवस्थामा लेकसाइड २४सै घण्टा खुला गर्न चुनौतिपूर्ण रहेको बताउँदै आएको छ ।

हाल कास्कीमा १ प्रहरी बराबर १ हजार सर्वसाधारण रहेकोले यही स्थितिमा २४सै घण्टा लेकसाइड खोल्दा सुरक्षा दिन कठिनाई हुने तर्क प्रशासनको छ । यद्यपी सरकारले बनाएको कार्यविधीअनुसार मापदण्ड पुर्याए २४सै घण्टा व्यवसाय खोल्न दिन सकिने प्रशासनको भनाई छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी