Skip to content
LAXMI SUNRISE BANK

‘अध्ययनबिनै हचुवाका भरमा लगानी गर्दा औद्योगिक क्षेत्र धराशायी बन्यो’- प्रबलजंग पाण्डे

अर्थ सरोकार

काठमाडौँ । व्यवसायी प्रबलजंग पाण्डेले सम्भाव्यता अध्ययनबिनै हचुवाका भरमा लगानी गर्ने प्रवृत्तिले औद्योगिक क्षेत्र धराशायी बनेको बताएका छन् । सिटिजन्स बैंकका अध्यक्षसमेत रहेका पाण्डेले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै यस्तो बताएका हुन् ।

उनले पछिल्लो समय कसैले एउटा क्षेत्रबाट केही नाफा कमाउनासाथ सबैजना त्यतैतिर लाग्ने प्रवृत्ति हावी भएको बताएका छन् । ‘विगतदेखिको पाना पल्टाएर हेर्दा कसैले एउटा क्षेत्रबाट केही नाफा गर्ने बित्तिकै सबैको आँखा त्यहाँ पुग्छ । र त्यस क्षेत्रको सम्भाव्यता अध्ययन नै नगरी लगानी बिस्तार गरिन्छ, सबै एकैपटक धरासायी हुन्छौँ ।’, उनले लेखेका छन् ।

त्यस्तै, उनले यही कारणले हाल औद्योगिक क्षेत्रदेखि सेयर बजारसम्म डुब्ने अवस्थामा पुगेको बताएका छन् । उनले लेखेका छन्– ‘पस्मिना डुबायौ, कार्पेट डुबायौ, पछिल्लो चरणमा सिमेन्ट उद्योग डुबायौ, डण्डि उद्योग डुबायौ, अरु निर्माण उद्योग डुबायौ, कति एयरलाईन्स डुबायौ, आधाआधी औषधि उद्योग डुबायौ, डेरी उद्योग डुबायौ, केही वित्तीय संस्था पनि डुबायौ, अब होटल डुबाउदै छौ, भर्खरै स्थापना भइरहेको टायल उद्योग डुबाउदै छौ, इन्स्योरेन्स कम्पनीहरु डुबाउदै छौ । शेयर बजार डुब्ने अवस्थामा पुर्यायौ ।’

सामाजिक सञ्जालमार्फत व्यवासायी पाण्डेले क्षेत्रगत रुपमा ‘ग्याप एनालाइसिस’ गरेर ‘इन्भेष्टमेन्ट रेष्ट्रिक्सन’ नगरेसम्म कुनै पनि व्यवसाय तथा उद्योग दीर्घकालीन रुपमा सञ्चालन हुन नसक्नेसमेत उल्लेख गरेका छन् ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK