काठमाडौँ । सरकारले पूर्वराजा ज्ञानेन्द्र शाहलाई पूर्व राष्ट्रपति सरहको सुविधा दिने भएको छ । पूर्वराजालाई पूर्व राष्ट्रपति सरहको सुविधा दिने विषयमा औपचारिक निर्णयको तयारीमा सरकार रहेको बुझिएको छ । उक्त विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले सत्तारुढ दलका शीर्ष नेताहरुसँग परामर्श गरिरहेको मन्त्रिपरिषद्का एक सदस्यले बताएका छन् ।
ती सदस्यका अनुसार पूर्व राजाको राजनीतिक सक्रियता बढेको भन्दै शीर्ष नेताहरुबीच यस विषयमा छलफल सुरु भएको हो ।
‘प्रधानमन्त्री स्वयम आफैले पूर्वराजालाई पूर्वराष्ट्रपतिसरह सुविधा दिने कि ? भन्ने विषय सत्तारुढ दलका नेताहरुसँग राख्नुभएको थियो ।’, ती सदस्यले भने, ‘राजनीतिक सक्रियता बढेपछि पूर्व राष्ट्रपतिसरहको सुविधा दिएर थान्को लगाउनका लागि यस्तो निर्णय गर्ने तयारी गरिएको हो ।’ उक्त विषयमा सरकार छिट्टै टुँगोमा पुग्ने ती सदस्यले बताएका छन् ।
जाजरकोट र रुकुमका भूकम्प प्रभावित परिवारको बसोबास र राहतका विषयमा छलफल गर्न बोलाइएको सर्वदलीय बैठकमा गणतन्त्रमाथि चुनौति आएको भन्दै नेताहरु त्यसमा केन्द्रित भएका थिए । सोही सन्दर्भमा पूर्वराजालाई पूर्व राष्ट्रपति सरहको सुविधा दिने कि ? भन्ने विषयमा शीर्ष नेताहरुबीच छलफल भएको थियो ।
बैठकमा उठेको उक्त प्रस्तावलाई राष्ट्रिय प्रजातन्त्र पार्टीले सकारात्मक रहेको बताएको थियो । सँगै अन्य दलहरुले पनि गणतन्त्रको रक्षाका लागि उक्त निर्णय सही हुने तर्क गरेका थिए । यद्यपी प्रधानमन्त्री प्रचण्डले बैठकपछि सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै आफूहरु कुनै पनि शक्तिदेखि नडराएको र गणतन्त्र खतरामा नभएको बताएका थिए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्