×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘राज्यले पैसा चलाउनुपर्नेमा पैसाले राज्य चलाउने स्थिति आयो, बैंक र व्यवसायी फसाउने पनि राज्य हुन्छ ?’

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

‘राज्यले पैसा चलाउनुपर्नेमा पैसाले राज्य चलाउने स्थिति आयो, बैंक र व्यवसायी फसाउने पनि राज्य हुन्छ ?’

Artha Sarokar

८ मंसिर २०८०, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । दुर्गा प्रसाईं नेतृत्वको आन्दोलनलाई लिएर चर्चित बैंकर मनोज ज्ञवालीले खरो टिप्पणी गरेका छन् । उनले नेताहरुलाई इंकित गर्दैउनले एक व्यक्तिलाई किन ठुलो जमातले साथ दियो भनी प्रतिप्रश्न गर्दै यसले शीर्ष नेताहरुलाई लज्जाबोध हुँदैन ? भनेर प्रश्नसमेत गरेका छन् ।

‘शीर्ष नेताहरु, दुर्गा प्रसाई- एक व्यक्तिलाई किन यति धेरै मान्छेहरुको जमातले साथ दियो ? के साच्चै शीर्ष नेताहरुलाई लज्जाबोध हुँदैन ? के आम जनताहरुलेसम्म सहजै बुझिसक्ने कुरा यहाँहरु बुझ्नुहुँदैन ?’ ज्ञवालीले प्रतिप्रश्न गरेका छन् ।
प्रसाईंका केहि कुराहरु अराजक भएको भन्दै उनले सो अराजक कामलाई नियन्त्रण गर्न सरकार किन लाचार छ भनेर पनि प्रश्न गरेका छन् । यता उनले मेडिकल कलेज खोल भनेर एलओआई दिने अनि सबै लगानी लगाएर पूर्वाधार तयार भईसकेपछि स्वीकृति नदिएर बैंक र व्यवसायी फसाउने राज्य पनि हुन्छ र ? भनेर प्रश्न गरेका छन् ।
‘उनका केही कुराहरु अराजक छन । नियन्त्रण गर्नुपर्ने छन् । तर पनि सरकार किन लाचार छ ? मेडिकल कलेज खोल भनेर एलओआई दिने, अनि, सबै लगानी लगाएर पूर्वाधार सबै तयार भईसकेपछि स्विकृति नदिएर बैंक र व्यवसायी फसाउने राज्य पनि हुन्छ ?’ उनले भनेका छन् ।
विचौलियाहरुले राज्यका सबै संयन्त्र नियन्त्रणमा लिएको र नेताप्रति नागरिकको आक्रोश बढेको बताउँदै उनले राज्यले पैसा चलाउनुपर्नेमा पैसाले राज्य चलाउने स्थिति आउनेगरी नेताहरु स्खलित भएको टिप्पणी गरेका छन् ।
‘सामाजिक विचलन बढ्दो छ । काम गर्ने र ईमानदार मान्छेहरु पाखा लागेका छन्। विचौलियाहरुले राज्यका सबै संयन्त्र नियन्त्रणमा लिएका छन अनि नेता, सरकार र राज्यमा नागरिकहरुको विश्वास हैन आक्रोस छ । त्यसैले, हिरो हुन काम गर्नुपर्दैन मिलाएर सबैलाई गाली गर्न जान्ने भए पुग्ने स्थिति कसले बनायो ? राज्यले पैसा चलाउनु पर्नेमा पैसाले राज्य चलाउने स्थिति आउनेगरी तपाईहरु स्खलित कसरी हुनुभो ? तपाईहरुको आज भन्दादुई दशक अघि सम्मको सम्मान आज वितृष्णामा कसले परिवर्तन गरायो ? तपाईहरुको लक्ष्य के हो ? र सल्लाहकार को छन् ?
धेरै अनुत्तरित प्रश्न हरु छन। परिणाम यस्तै हुन्छ । एक पटक खुला दिमागले तपाईहरुका सल्लाहकार विना एक्लै बसेर सोच्नुहोला।’ ज्ञवालीले भनेका छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी