काठमाडौं । रमा एकादशीको ब्रत बसिने दिन अर्थात आज विहीबार बजारमा फलफूल र दुधको बिक्री ह्वात्तै बढेको छ भने माछा-मासुको बिक्री घटेको छ । एकादशीका दिन सामान्यतया माछामासुको खपत निकै कमले मात्र गर्ने हुनाले पनि बजारमा माछा मासुको बिक्री घटेको हो । फलफूलको मागसँगै मूल्य पनि बढेको छ ।
कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सार्वजनिक गरेको मूल्यसूची अनुसार फलफूलको मूल्यमा सामान्य वृद्धि भएको छ । बिहीबार फुजी स्याउ प्रतिकेजी न्यनतम ३२० रुपैयाँदेखि अधिकतम ३५० रुपैयाँसम्म किनबेच भयो। त्यस्तै, झोले स्याउ न्युनतम १८० रुपैयाँ, केरा दर्जनको १६० रुपैयाँदेखि १८० रुपैयाँ, कालो अंगुर ४०० रुपैयाँ, नेपाली सुन्तला ९० रुपैयाँ, भारतीय सुन्तला १०० रुपैयाँ, नेपाली मेवा ६० रुपैयाँ र अम्बा १५० रुपैयाँमा किनबेच भएको समितिले जनाएको छ ।
त्यस्तै, एकादशीको दिन दुध र दहिको माग पनि अत्याधिक बढेको छ । नेपाली बजारमा दुध प्रतिलिटर १०० रुपैयाँ छ
यता माछा, मासु र अण्डाको माग भने घटेको देखिएको छ । आज सुद्ध भोजन गर्ने हुँदा माछामासुको माग घटेको हो । ब्रतमा फलफूल र दुध बढी मात्रामा प्रयोग हुने भएकाले माछामासुको माग घटेको व्यवसायीहरुले बताएका छन् । हाल बजारमा कुखुराको तयारी मासु ३ सय २० रुपैयाँ छ ।
कार्तिक कृष्ण एकादशी/रमा एकादशी कार्तिक महिनाको कृष्णपक्षको एकादशी हो । तिहारभन्दा केवल ४ दिनअघि यो एकादशी पर्छ । एकादशीको दिन हिन्दुहरुले प्राय ब्रत बस्ने गर्छन् । ब्रतको दिन सकेसम्म भोकै अथवा चोखो खानेकुरा खाने प्रचलन छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्