Skip to content
LAXMI SUNRISE BANK

सिटिजन्स बैंकको स्वतन्त्र सञ्चालकमा रमेशराज अर्याल नियुक्त

अर्थ सरोकार

काठमाडौँ । सिटिजन्स बैंकको स्वतन्त्र सञ्चालकमा रमेशराज अर्याल नियुक्त भएका छन् । बैंकको सञ्चालक समितिले अर्याललाई स्वतन्त्र सञ्चालकमा नियुक्त गरेको हो ।

३२ वर्षदेखि बैंकिङ क्षेत्रमा आबद्ध रहेका अर्यालसँग बैंकको प्रमुख कार्यकारी अधिकृतकै ७ वर्षको कार्यानुभव रहेको छ । उनी यसअघि कुमारी बैंक तथा साबिकको नेपाल क्रेडिट एण्ड कमर्स बैंकमा सीईओको जिम्मेवारीमा रहका थिए । अर्यालले तत्कालीन नेपाल ग्रिन्डलेज बैंक (हाल स्ट्याण्डर्ड चार्टर्ड बैंक) बाट बैंकिङ करियर सुरु गरेका थिए ।

अर्यालले त्रिभुवन विश्वविद्यालयबाट एमबीए गरेका हुन् । उनीसँग लेखा परीक्षण तथा प्रध्यापनको समेत अनुभव रहेको छ । 

सिटिजन्स बैंकले देशभर १८९ शाखा, १४९ एटीएम र ९७ शाखारहित बैंकिङ इकाइबाट सेवा प्रदान गर्दै आइरहेको छ । 

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK