×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

राष्ट्रिय बीमा कम्पनीको नाफा १५५.६० प्रतिशतले बढ्यो, कस्तो छ अन्य सूचकहरुको अवस्था ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

राष्ट्रिय बीमा कम्पनीको नाफा १५५.६० प्रतिशतले बढ्यो, कस्तो छ अन्य सूचकहरुको अवस्था ?

Artha Sarokar

६ मंसिर २०८०, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले सावजनिक गरेको वित्तीय विवरण अनुसार कम्पनीले पहिलो त्रैमाससम्ममा १३ करोड ७६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन खुद नाफा अघिल्लो वर्षको तुलनामा १५५.६० प्रतिशतले धेरै हो ।

अघिल्लो वर्ष कम्पनीले ५ करोड ३८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । कम्पनीको नाफासँगै लगानी तथा कर्जाबाट हुने आम्दानी पनि ४१.४४ प्रतिशतले बढेको छ । लगानी तथा कर्जाबाट हुने आम्दानी ११ करोड ४२ लाख रुपैयाँबाट बढेर १६ करोड १६ लाख रुपैयाँ पुगेको छ ।

कम्पनीको कुल दावी भुक्तानी पनि ४ करोड ३४ लाख रुपैयाँबाट बढेर ६ करोड १६ लाख रुपैयाँ पुगेको छ । राष्ट्रिय बीमा कम्पनीको चुक्त्ता पुँजी २६ करोड ६६ लाख रुपैयाँ रहेको छ । रिटर्न अर्निङमा ३ अर्व ४१ करोड रुपैयाँ रहेको छ ।

असोजसम्म यसले ८ करोड ३८ लाख रुपैयाँ बराबरको खुद बिमा शुल्क आर्जन गरेको छ । यो गत वर्षको भन्दा ४८०.५५ प्रतिशतले धेरै हो । गत वर्ष यसले १ करोड ४४ रुपैयाँ बराबरको बिमा शुल्क आर्जन गरेको थियो ।

यसको प्रतिसेयर आम्दानी ५१ रुपैयाँ ६३ पैसा र प्रतिसेयर नेटवर्थ भने १५४० रुपैयाँ २९ पैसा रहेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी