×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

राष्ट्रिय बीमा संस्थान कम्पनीमा परिणत, निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेबारी रिमालले पाए

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

राष्ट्रिय बीमा संस्थान कम्पनीमा परिणत, निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेबारी रिमालले पाए

Artha Sarokar

२१ कार्तिक २०८०, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । राष्ट्रिय बीमा संस्थान राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेडमा परिणत भएको छ । संस्थान कम्पनीमा परिणत भएसँगै संस्थानका प्रशाशक कविप्रसाद पाठक र कृष्णकुमार श्रेष्ठको जागिर गएको छ ।

कम्पनीको संचालक समितिको पहिलो बैठकले व्यवस्थापन तहमा रहेका चार्टर्ड एकाउन्टेण्ट महेश रिमाललाई निमित्त प्रमुख कार्यकारी अधिकृत (सीईओ)को जिम्मेवारी दिएको हो । रिमाल यसअघि संस्थानको नायव महाप्रबन्धक थिए ।

मन्त्रिपरिषदबाट कम्पनीमा रुपान्तरण हुन सैद्धान्तिक स्वीकृति पाएको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेडले सोमबार कम्पनी दर्ताको प्रमाणपत्र पाएको हो । नयाँ कम्पनी हालकै १८ करोड १० लाख २० हजार चुक्ता पुँजी कायम गरी कम्पनीमा दर्ता भएको हो ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी