काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले डा. स्वर्णीम वाग्ले र हरि ढकालसहित १५ जनालाई केन्द्रीय सदस्यमा मनोनित गर्ने निर्णय गरेको छ । महोत्तरीको जलेश्वरमा बसेको पार्टीको संसदीय दल केन्द्रीय समितिको संयुक्त बैठकले १५ जनालाई केन्द्रीय सदस्यमा मनोनित गर्ने निर्णय गरेको हो ।
सांसद डा. वाग्ले र ढकालसहित १५ जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेको पार्टीका उपसभापति एवम् प्रतिनिधिसभा सदस्य डोलप्रसाद अर्यालले जानकारी दिएका छन् ।
योसँगै पार्टीका सबैजना सांसद केन्द्रीय सदस्य भएका हुन् । केन्द्रीय सदस्यमा मनोनित हुने १५ जनामा संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठ, सचेतक निशा डाँगी, प्रमुख सचेतक सन्तोष परियार, डा. स्वर्णिम वाग्ले, डा तोसिमा कार्की, सांसद मनिष झा, शिशिर खनाल, हरि ढकाल, डा. चन्दा कार्की (भण्डारी), असीम शाह, लक्ष्मी तिवारी, अशोक कुमार चौधरी, शिव नेपाली र विनीता कठायत रहेका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्