×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कक्षा १२ को ग्रेडवृद्धि परीक्षाको नतिजा सार्वजनिक, कसरी हेर्ने ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

कक्षा १२ को ग्रेडवृद्धि परीक्षाको नतिजा सार्वजनिक, कसरी हेर्ने ?

Artha Sarokar

२३ कार्तिक २०८०, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेडवृद्धि परीक्षाको नतिजा सार्वजनिक गरेको छ । बोर्डले बिहीबार एक सूचना जारी गर्दै परीक्षाफल प्रकाशन गरिएको जानकारी गराएको हो ।

गत असोज ९ र १० गते भएको कक्षा १२ को ग्रेडवृद्धि परीक्षामा १ लाख १७ हजार ८ सय ८२ जना परीक्षार्थी सहभागी भएका थिए । जसमध्ये ८८ हजार ९ सय ४७ विद्यार्थीले ग्रेड प्राप्त गरेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

बोर्डका अनुसार ७५.४५ प्रतिशत विद्यार्थीले ग्रेड प्राप्त गरेका हुन् । परीक्षामा सहभागी भएका १५ जना विद्यार्थीको भने परीक्षा रद्ध गरिएको थियो । प्रकाशन भएको परीक्षाफल राष्ट्रिय परीक्षा बोर्डको वेवसाइट वा नेपाल टेलिकमको वेवसाइटमार्फत हेर्न सकिनेछ ।

साथै, नेपाल टेलिकमको १६०० मा  NEB<Space>Symbol No. टाईप गरी एसएमएस पठाएर पनि नतिजा चेक गर्न सकिनेछ । त्यस्तै, नेपाल टेलिकमको आईभिआर सेवा १६०१ नम्बरमा फोन गरेर पनि रिजल्ट चेक गर्न सकिने बोर्डले जनाएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी