काठमाडौँ । जन्मकैदको सजाय पाएका योगराज ढकाल (रिगल) पक्राउ परेका छन् । संविधान दिवसको अवसरमा राष्ट्रपतिबाट आममाफी पाएर जेलमुक्त भएका रिगलको कैद सजाय मिनाहा गर्ने निर्णय सर्वोच्च अदालतले बदर गरेसँगै उनी नेपालगञ्जबाट पक्राउ परेका हुन् ।
राष्ट्रपतिको आममाफीसँगै उक्त निर्णय खारेजीको माग गर्दै भारती मानन्धरले सर्वोच्च अदालतमा रिट दायर गरेकी थिइन् । सोही रिटमाथिको सुनुवाई गर्दै बिहीबार अदालतले रिगलको आममाफीको निर्णय बदर हुने आदेश दिएको थियो ।
अदालतको यस्तो आदेशसँगै रिगललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
नेपालगञ्ज बजारमा खुँडा प्रहार गरी २०७२ जेठ २८ गते चेतन मानन्धरको हत्या गरेको अभियोगमा दोषी ठहर गर्दै अदालतले रिगललाई जन्मकैदको फैसला सुनाएको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्