×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको खुद नाफा ९२.७१ प्रतिशतले बढ्यो

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको खुद नाफा ९२.७१ प्रतिशतले बढ्यो

Artha Sarokar

२७ कार्तिक २०८०, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । इन्स्योरेन्सले पहिलो त्रैमाससम्ममा ५ करोड ७० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन खुद नाफा अघिल्लो वर्षको तुलनामा ९२.७१ प्रतिशतले धेरै हो ।

इन्स्योरेन्सले अघिल्लो वर्षको सोहि अवधिमा २ करोड ९६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । कम्पनीको खुद बिमा शुल्क, कमिसन आम्दानी र लगानी तथा कर्जाबाट हुने आम्दानी बढेपछि खुदा नाफा बढेको हो ।

कम्पनीको खुद बिमा शुल्क आर्जन ९१.३६ प्रतिशतले बढेर ६९ करोड २७ लाख रुपैयाँ पुगेको छ । त्यस्तै, कमिसन आम्दानी २३.८४ प्रतिशत र लगानी तथा कर्जाबाट हुने आम्दानी ९१.७६ प्रतिशतले बढेको छ ।

इन्स्योरेन्सले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार बिमा कोषको आकार ६ अर्ब ६३ करोड रुपैयाँ पुगेको छ । टेन्ड अर्निङ शीर्षकमा ३८ करोड १७ लाख रुपैयाँ रहेको छ भने अन्य इक्विटी २ अर्ब ८३ करोड ९ लाख रुपैयाँ रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी ८.७० रुपैयाँ र प्रतिसेयर नेटवर्थ २२९.६० रुपैयाँ रहेको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी