×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

साल्ट ट्रेडिङ कर्पोरेशनको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक, २१२.९३ प्रतिशतले बढ्यो खुद नाफा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

साल्ट ट्रेडिङ कर्पोरेशनको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक, २१२.९३ प्रतिशतले बढ्यो खुद नाफा

Artha Sarokar

२१ कार्तिक २०८०, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार पहिलो त्रैमाससम्ममा १ करोड ९१ लाख ९४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन खुद नाफा अघिल्लो वर्षको सोहि अवधिको तुलनामा २१२.९३ प्रतिशतले धेरै हो ।

अघिल्लो वर्ष कम्पनीले ६१ लाख ३३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । कम्पनीको बिक्री आम्दानीमा पनि बढोत्तरी देखिएको छ । गत वर्ष १ अर्व ५४ करोड १ अर्ब ५४ करोड ४५ लाख ५० हजार रुपैयाँ रहेको बिक्री आम्दानी अहिले बढेर २ अर्ब ९२ करोड ९० लाख २२ हजार पुगेको छ । त्यस्तै अन्य आम्दानी पनि १ करोड ३ लाखबाट बढेर १ करोड १० लाख ६५ हजार रुपैयाँ पुगेको छ ।

साल्ट ट्रेडिङको प्रतिसेयर आम्दानी २७ रुपैयाँ ५३ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ भने ४०७ रुपैयाँ १९ पैसा रहेको छ । हाल साल्ट ट्रेडिङको चुक्ता पुँजी २७ करोड ८८ लाख ८४ हजार ३०९ रुपैयाँ छ । यसको जगेडा तथा मुनाफा शीर्षकमा १ अर्ब ३२ करोड ७० लाख ४७ लाख रुपैयाँ जम्मा रहेको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी