×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सांग्रिला बैंकले लाभांश पारित गर्न वार्षिक  साधारण सभा गर्ने, बुक क्लोज कहिले ?

PRIME CA
GLOBAL IME BANK

सांग्रिला बैंकले लाभांश पारित गर्न वार्षिक  साधारण सभा गर्ने, बुक क्लोज कहिले ?

३ मंसिर २०८०, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले लाभांश पारित गर्न वार्षिक  साधारण सभा गर्ने भएको छ ।  बैंकले मंसिर २४ गते लैनचौर ब्याङ्क्वेट, लैनचौरमा बिहान ११ बजे १९औँ वार्षिक साधारण सभा सुरु गर्ने भएको हो ।

बैंकले उक्त सभामा सेयरधनीलाई गत आर्थिक वर्षको नाफाबाट कायम चुक्ता पूँजीको ५ प्रतिशतका दरले बोनस सेयर तथा कर प्रयोजनका लागि ० दशमलव २ सय ६५ नगद लाभांश वितरण गर्न प्रस्ताव पेश गर्ने भएको छ । सो कम्पनीले साधारण सभा प्रयोजनका लागि  मंसिर ११ गते बुक क्लोज गर्ने भएको हो ।

सेयरधनीहरुले मंसिर १० गतेसम्म  प्रस्तावित लाभांश र सभामा भाग लिन सक्नेछन् ।  बैंक तथा वित्तीय संस्थासँग मर्जर वा एक्विजिशन सम्बन्धि कार्य गर्न, बैंकको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्तावसमेत  रहेको छ ।

सो सभाले लेखापरीक्षक नियुक्त गर्ने प्रस्तावहरु  पारित गर्ने भएको हो । नेपाल राष्ट्र बैंकबाट स्वीकृत भइसकेको उक्त लाभांश अब बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि  सेयरधनीलाई वितरण हुने बैंकले जनाएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: