×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पहिलो पटक बुक बिल्डिङमा सर्वोत्तम सिमेन्टको आईपीओ जारी, कसरी दिने आवेदन ? 

PRIME CA

पहिलो पटक बुक बिल्डिङमा सर्वोत्तम सिमेन्टको आईपीओ जारी, कसरी दिने आवेदन ? 

६ मंसिर २०८०, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । सर्वोत्तम सिमेन्टले नेपालमै पहिलो पटक बुक बिल्डिङमा प्राथामिक सेयर (आईपीओ) निष्कासन गरेको छ । कम्पनीले बुधबार (मंसिर ६ गते) देखि आईपीओ निष्कासन गरेको हो । कम्पनीले बुधबार देखि निष्कासन गरेको उक्त आईपीओमा संस्थागत लगानीकर्ताले मात्रै आवेदन दिन पाउनेछन् ।

संस्थागत लगानीकर्तालाई सेयर बाँडफाँड भइसकेपछि मात्रै सर्वसाधारणले आवेदन दिन पाउनेछन् ।

कम्पनीले जारी पुँजी ४ अर्ब ६५ करोड रुपैयाँको १२.९०३३ प्रतिशत अर्थात ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता सेयर जारी गर्न लागेको हो । जसमध्ये ४० प्रतिशत अर्थात २४ लाख कित्ता सेयर संस्थागत लगानीकर्तालाई प्रदान हुनेछ भने बाँकी ६० प्रतिशत अर्थात ३६ लाख कित्ता सेयर सर्वसाधारणको लागि जारी हुनेछ ।

कम्पनीको सेयरका लागि न्यूनतम मूल्य प्रतिकित्ता ४०१ रुपैयाँदेखि अधिकतम ६०१ रुपैयाँ ५० पैसा कायम गरिएको छ । सुरुवातमा कम्पनीले जारी गरेको सेयरमा योग्य संस्थागत लगानीकर्ताले मंसिर १० गतेसम्म बोलकबोल पेश गर्नुपर्नेछ । शिलबन्दी गरिएको गोप्य बोलपत्र लगानीकर्ताले नेपाल स्टक एक्सचेन्जको रिजष्टर्ड कार्यालय भद्रकालीमा बुझाउनुपर्नेछ ।

कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ भने सहनिष्कासन तथा बिक्री प्रबन्धकमा एनआईबि एस क्यापिटल र प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: