काठमाडौं । साताको कारोबारको अन्तिम दिन बिहीबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । बुधबारको तुलनामा नेप्से परिसूचक १०.८६ अंकले घटेर १८४७.७० बिन्दुमा पुगेको हो ।
बिहीबार नेप्सेमा कुल २८१ कम्पनीको ३७ लाख ४९ हजार ९ सय ५४ कित्ता सेयर खरिद बिक्री हुँदा ९६ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार आशा लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमोटर सेयरको भएको छ । यस कम्पनीको १० करोड १० लाख १० हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
यस्तै बिहीबारको सेयर बजारमा चन्द्रागिरी हिल्सका लगानीकर्ताहरु मालामाल भएका छन् । यस कम्पनीको सेयर मूल्य ६ प्रतिशत भन्दा धेरैले बढेको हो । यस अलवा हिमालयन लघुवित्त वित्तीय संस्था, एनआइबिएल प्रगति फण्ड, सोल्टी होटल लिमिटेड, एनआइसी एशिया ग्रोथ फण्ड र तारागाउँ रिजेन्सी होटलका लगानीकर्ताहरु पनि मालामाल भएका छन् । हेर्नुहोस् बिहीबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरूको सूचीः

यसैबीच बिहीबारको सेयर बजारमा आशा लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमोटर सेयरको भएको छ । यस कम्पनीको १० करोड १० लाख १० हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । यस अलावा आशा लघुवित्त वित्तीय संस्था, प्राइम कमर्सियल बैंकको प्रमोटर सेयर, सोनापुर मिनिरल्स एण्ड आयल लिमिटेड, सोल्टी होटल लिमिटेड र हाथवे इन्भेस्टमेन्टको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् बिहीबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरूको सूचीः

यस्तै बिहीबारको सेयर बजारमा सयपत्री हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको हो । सयपत्री हाइड्रोपावरमा यस्तो गिरावट आउँदा रावा इनर्जी डेभलपमेन्ट, बुद्धभुमि नेपाल हाइड्रोपावर, समलिंग पावर र सुपर मादी हाइड्रोपावरमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् बिहीबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्