काठमाडौं । साताको कारोबारको पहिलो दिन आइतबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । बिहीबारको तुलनामा नेप्से परिसूचक २१.४६ अंकले घटेर १८२६.२३ बिन्दुमा पुगेको हो ।
आइतबार नेप्सेमा कुल २८९ कम्पनीको ३५ लाख ५८ हजार ५ सय ५४ कित्ता सेयर खरिद बिक्री हुँदा ९७ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार नबिल बैंक लिमिटेडको प्रमोटर सेयरको भएको छ । यस कम्पनीको ४ करोड ६० लाख ८० हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
यस्तै आइतबारको सेयर बजारमा एनआइसी एशिया लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरु मालामाल भएका छन् । यस कम्पनीको सेयर मूल्य ६ प्रतिशत भन्दा धेरैले बढेको हो । यस अलवा तारागाउँ रिजेन्सी होटल, माया खोला हाइड्रोपावर, एशियन हाइड्रोपावर, नेशनल लघुवित्त वित्तीय संस्था र मोलुंग हाइड्रोपावरका लगानीकर्ताहरु पनि मालामाल भएका छन् । हेर्नुहोस् आइतबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरूको सूचीः

यसैबीच आइतबारको सेयर बजारमा नबिल बैंक लिमिटेडको प्रमोटर सेयरको भएको छ । यस कम्पनीको ४ करोड ६० लाख ८० हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । यस अलावा ग्लोबल आइएमई बैंक, एनआइसी एशिया बैंक, हिमालयन डिष्ट्रिलरी, नबिल बैंक र सोनापुर मिनिरल्स एण्ड आयल लिमिटेडको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् आइतबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरूको सूचीः

यस्तै आइतबारको सेयर बजारमा हिमालयन लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको हो । हिमालयन लघुवित्त वित्तीय संस्थामा यस्तो गिरावट आउँदा बाराही हाइड्रोपावर पब्लिक, युनाईटेड आरडीआई मर्दी आरबि हाइड्रोपावर, नबिल ब्यालेन्स फण्ड-२ र सबैको लघुवित्त वित्तीय संस्थामा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् आइतबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्