काठमाडौं । साताको कारोबारको दोश्रो दिन सोमबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । आइतबारको तुलनामा नेप्से परिसूचक २१.३० अंकले बढेर १८४७.५४ बिन्दुमा पुगेको हो ।
सोमबार नेप्सेमा कुल २८३ कम्पनीको ३५ लाख ५५ हजार ६ सय ७० कित्ता सेयर खरिद बिक्री हुँदा ९३ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार सोल्टी होटल लिमिटेडको भएको छ । यस कम्पनीको ६ करोड ४३ लाख २० हजार ९ सय १० रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
यस्तै सोमबारको सेयर बजारमा हाथवे इन्भेस्टमेन्ट नेपालका लगानीकर्ताहरु मालामाल भएका छन् । यस कम्पनीको सेयर मूल्य ९ प्रतिशत भन्दा धेरैले बढेको हो । यस अलवा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स, आशा लघुवित्त वित्तीय संस्था, दिब्यश्वोरी हाइड्रोपावर, माई खोला हाइड्रोपावर र नेपाल रिपब्लिक मिडियाका लगानीकर्ताहरु पनि मालामाल भएका छन् । हेर्नुहोस् सोमबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरूको सूचीः

यसैबीच सोमबारको सेयर बजारमा सोल्टी होटल लिमिटेडको भएको छ । यस कम्पनीको ६ करोड ४३ लाख २० हजार ९ सय १० रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । यस अलावा सोनापुर मिनिरल्स, हाथवे इन्भेस्टमेन्ट नेपाल, हिमालयन बैंक लिमिटेड प्रमोटर सेयर, मञ्जुश्री फाइनान्स र शिवम् सिमेन्टको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् सोमबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरूको सूचीः

यस्तै सोमबारको सेयर बजारमा लक्ष्मी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ४ प्रतिशत भन्दा धेरैले घटेको हो । लक्ष्मी लघुवित्त वित्तीय संस्थामा यस्तो गिरावट आउँदा विन नेपाल लघुवित्त वित्तीय संस्था, एनआइसी एशिया लघुवित्त वित्तीय संस्था, एनआइसी एशिया ब्यालेन्स फण्ड र माया खोला हाइड्रोपावरमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् सोमबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्