काठमाडौं । साताको कारोबारको तेश्रो दिन मंगलबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । सोमबारको तुलनामा नेप्से परिसूचक ११.२२ अंकले बढेर १८५८.७६ बिन्दुमा पुगेको हो ।
मंगलबार नेप्सेमा कुल २८५ कम्पनीको ४३ लाख ३१ हजार २ सय २९ कित्ता सेयर खरिद बिक्री हुँदा ९९ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार हिमालयन बैंक लिमिटेडको प्रमोटर सेयरको भएको छ । यस कम्पनीको ९ करोड १६ लाख ४४ हजार २ सय २८ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
यस्तै मंगलबारको सेयर बजारमा लक्ष्मी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरु मालामाल भएका छन् । यस कम्पनीको सेयर मूल्य ८ प्रतिशत भन्दा धेरैले बढेको हो । यस अलवा सोनापुर मिनिरल्स एण्ड आयल, सिटिजन्स लाइफ इन्स्योरेन्स कम्पनी, मल्टीपर्पज फाइनान्स कम्पनी, इङ्ग्वा हाइड्रोपावर र गुराँस लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरु पनि मालामाल भएका छन् । हेर्नुहोस् मंगलबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरूको सूचीः

यसैबीच मंगलबारको सेयर बजारमा हिमालयन बैंक लिमिटेडको प्रमोटर सेयरको भएको छ । यस कम्पनीको ९ करोड १६ लाख ४४ हजार २ सय २८ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । यस अलावा मच्छापुच्छ्रे बैंक, सोनापुर मिनिरल्स एण्ड आयल लिमिटेड, सानिमा जीआइसी इन्स्योरेन्स, सोल्टी होटल र हाथवे इन्भेस्टमेन्ट नेपालको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् मंगलबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरूको सूचीः

यस्तै मंगलबारको सेयर बजारमा स्वाभिमान लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ८ प्रतिशत भन्दा धेरैले घटेको हो । स्वाभिमान लघुवित्त वित्तीय संस्थामा यस्तो गिरावट आउँदा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स, बाराही हाइड्रोपावर पब्लिक, बलेफी हाइड्रोपावर र मेंछियम हाइड्रोपावरमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् मंगलबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्