×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बुधबार २०.६७ अंकले बढ्यो नेप्से परिसूचक

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

बुधबार २०.६७ अंकले बढ्यो नेप्से परिसूचक

Artha Sarokar

६ मंसिर २०८०, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं। बुधबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । मंगलबारको तुलनामा नेप्से परिसूचक २०.६७ अंकले बढेर १८५०.३३ बिन्दुमा पुगेको हो ।

बुधबार नेप्सेमा कुल २९४ कम्पनीको ४२ लाख १३ हजार २ सय ८५ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्व ८ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार सोनापुर मिनिरल्स एण्ड आयल लिमिटेडको भएको छ । यस कम्पनीको १० करोड ७६ लाख ३ हजार ९ सय ८३ रुपैयाँ २० पैसा बराबरको सेयर कारोबार भएको छ ।

यस्तै बुधबारको सेयर बजारमा बुद्धभुमि नेपाल हाइड्रोपावर लिमिटेडका लगानीकर्ताहरु मालामाल भएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो । यस अलवा पञ्चकन्या माई हाइड्रोपावर, माथिल्लो मैलुङ खोला जल विद्युत, थ्री स्टार हाइड्रोपावर, पिपुल्स हाइड्रोपावर र सोनापुर मिनिरल्स एण्ड आयल लिमिटेडका लगानीकर्ताहरु पनि मालामाल भएका छन् । हेर्नुहोस् बुधबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरूको सूचीः

यसैबीच बुधबारको सेयर बजारमा सोनापुर मिनिरल्स एण्ड आयल लिमिटेडको भएको छ । यस कम्पनीको १० करोड ७६ लाख ३ हजार ९ सय ८३ रुपैयाँ २० पैसा बराबरको सेयर कारोबार भएको छ । यस अलावा प्राइम कमर्सियल बैंक लिमिटेड, मुक्तिनाथ विकास बैंक लिमिटेड प्रमोटर सेयर, हाथवे इन्भेस्टमेन्ट नेपाल, हिमालयन डिष्ट्रिलरी र सानिमा जिआईसी इन्स्योरेन्सको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् बुधबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरूको सूचीः

यस्तै बुधबारको सेयर बजारमा सयपत्री हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ८ प्रतिशत भन्दा धेरैले घटेको हो । सयपत्री हाइड्रोपावरमा यस्तो गिरावट आउँदा १०.५०% एसबिएल डेबेञ्चर २०८२, स्वाभिमान लघुवित्त वित्तीय संस्था, एनआइसी एशिया फ्लेक्सी क्याप फण्ड र १०.२५% सनराइज बैंक डेबेञ्चर २०८३ मा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् बुधबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी