काठमाडौं । साताको कारोबारको चौथो दिन बुधबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । मंगलबारको तुलनामा नेप्से परिसूचक १७.९३ अंकले घटेर १८७६.६० बिन्दुमा पुगेको हो ।
बुधबार नेप्सेमा कुल २८५ कम्पनीको ३३ लाख ५९ हजार ६ सय १ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्व १ करोडमाथिको सेयर कारोबार भएको छ । आज पनि सबैभन्दा बढी कारोबार सोनापुर मिनिरल्स एण्ड आयल लिमिटेडको भएको छ । यस कम्पनीको ६ करोड २८ लाख ९७ हजार ३० रुपैयाँ ६० पैसा बराबरको सेयर कारोबार भएको छ ।
यस्तै बुधबारको सेयर बजारमा विजया लघुवित्त वित्तीय संस्था लिमिटेडको भएको छ । यस कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको हो । यस अलवा कुमारी धनवृद्धि योजना, सिटिजन्स म्युचुअल फण्ड-२, अपर हेवाखोला हाइड्रोपावर कम्पनी, सानिमा लार्ज क्याप फण्ड र एभरेस्ट बैंक लिमिटेडका लगानीकर्ताहरु पनि मालामाल भएका छन् । हेर्नुहोस् बुधबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरूको सूचीः

यसैबीच बुधबारको सेयर बजारमा सोनापुर मिनिरल्स एण्ड आयल लिमिटेडको भएको छ । यस कम्पनीको ६ करोड २८ लाख ९७ हजार ३० रुपैयाँ ६० पैसा बराबरको सेयर कारोबार भएको छ । यस अलावा ९% एनआइसी एशिया डेबेञ्चर २०८१/८२, सिटिजन्स लाइफ इन्स्योरेन्स, मुक्तिनाथ विकास बैंक लिमिटेड प्रमोटर सेयर, सोल्टी होटल लिमिटेड र रिलायबल नेपाल लाइफ इन्स्योरेन्समा पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् बुधबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरूको सूचीः

यस्तै बुधबारको सेयर बजारमा बुद्धभुमि नेपाल हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ९ प्रतिशत भन्दा धेरैले घटेको हो । बुद्धभुमि नेपाल हाइड्रोपावरमा यस्तो गिरावट आउँदा अभियान लघुवित्त वित्तीय संस्था, महुली लघुवित्त वित्तीय संस्था, स्वेत-गंगा हाइड्रोपावर र युनिलिभर नेपालमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् बुधबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्