काठमाडौं । सिद्धार्थ बैंकले जाजरकोट र रुकुमका भुकम्प प्रभावितहरुका लागि खाद्यान्न सामग्री सहयोग गरेको छ । बैंकले जिल्ला विपद् व्यवस्थापन समिति रुकुमद्वारा सञ्चालित एकद्वार राहत संकलन र वितरण केन्द्रलाई ४ सय ५० भन्दा बढी घर परिवारलाई लक्षित गर्दै खाद्यान्न सामग्री सहयोग गरेको हो ।
कम्पनीले चामल, दाल, नुन, तेल र मसला जस्ता खाद्यान्न सामग्रीहरुको राहत प्याकेज बनाई हस्तान्तरण गरेको छ ।
बैंकले विभिन्न समयमा दैवी प्रकोपमा परेका पीडितहरुको उद्दार र पुनस्र्थपनाको कार्यहरूमा सामाजिक उत्तरदायित्वको रुपमा सहभागिता जनाउदै आएको छ ।