×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिद्धार्थ बैंकको ५ लाख ४९ हजार ५ सय ७३ कित्ता संस्थापक सेयर बिक्रीमा, ७ दिनभित्र आवेदन दिनुपर्ने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

सिद्धार्थ बैंकको ५ लाख ४९ हजार ५ सय ७३ कित्ता संस्थापक सेयर बिक्रीमा, ७ दिनभित्र आवेदन दिनुपर्ने

Artha Sarokar

६ मंसिर २०८०, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । सिद्धार्थ बैंकले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले मङ्सिर ६ गते बुधबारदेखि ५ लाख ४९ हजार ५ सय ७३ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो ।

उक्त सेयरमा जो कोहि व्यक्ति, कम्पनी तथा विभिन्न संघ संस्थाहरुले पनि आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले आगामी ७ दिनभित्र आफुले खरिद गर्न चाहेको सेयर संख्या खुलाई बैंकको केन्द्रिय कार्यालय हात्तिसार काठमाडौंमा आवेदन पेश गर्नुपर्नेछ ।

यस अघि बैंकले संस्थापक सेयरधनीले मात्र आवेदन दिन मिल्ने गरी सेयर बिक्रीमा ल्याएको थियो । सोहि सेयरमा विद्यमान संथापक सेयरबाट आवेदन नपरेपछि सर्वसाधारणले समेत आवेदन दिन मिल्ने गरी सेयर बिक्रीमा ल्याएको बैंकले जनाएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी