Skip to content
LAXMI SUNRISE BANK

सोल्टी होटलको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक, ८.६८ प्रतिशतले घट्यो खुद नाफा

अर्थ सरोकार

काठमाडौं । सोल्टी होटल लिमिटेडले चालु आर्थिक वर्षको वित्तीय विवरण सार्वजनिक गरेको छ । होटलले सार्वजनिक गरेको अपरिस्कृत वित्तीय विवरण अनुसार होटलको खुद नाफा ८.६८ प्रतिशतले घटेको छ । कम्पनीले पहिलो त्रैमाससम्ममा १० करोड ३२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको हो ।

अघिल्लो वर्षको सोहि अवधिमा कम्पनीले ११ करोड २० लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । कम्पनीको नाफासँगै आम्दानी पनि ४१ करोड ३२ लाख रुपैयाँबाट घटेर ३९ करोड  ९६ लाख रुपैयाँ कायम भएको छ ।

त्यस्तै, होटलको जगेडा कोष भने गत आर्थिक वर्षको तुलनामा चालू आर्थिक वर्षमा ३२ दशमलव ५७ प्रतिशत वृद्धि भएको छ । गत आर्थिक वर्षमा होटलले जगेडामा ९९ करोड ८७ लाख सञ्चिति रहेको थियो । यस चालू आर्थिक वर्षमा कम्पनीको जगेडा कोषमा रकम बृद्धि भई १ अर्ब ३२ करोड रुपैयाँ संचिती गरेको छ ।

होटलको प्रतिसेयर आम्दानी (ईपीएस) घटेर १.१६ रुपैयाँ कायम भएको छ भने प्रतिशेयर नेटवर्थ २४ रुपैयाँ ९७ रुपैयाँ रहेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK