काठमाडौं । सोनापुर मिनिरल्स एण्ड आयल लिमिटेडको सेयर मूल्य आइपीओको मूल्य भन्दा पनि तल झरेको छ । बुधबारको बजारमा यसको मूल्य प्रतिकित्ता २३४.८० रुपैयाँ पुगेको हो ।
नेपाल स्टक एक्सचेञ्जमा सुचिकृत भएर आइतबार पहिलो कारोबार सुरु गरेको दिन देखि सोनापुरको सेयरमा लगातार नेगेटिभ सर्किट लागेको थियो । सोनापुरले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा १ सय ३७ रुपैयाँ ५८ पैसा थप गरेर कुल २ सय ३७ रुपैयाँ ५८ पैसामा आइपीओ जारी गरेको थियो ।
लगातार यसको सेयरमा गिरावट आउँदा सोनापुरका सेयरधनी तनावमा परेका छन् । कारोबारको पहिलो दिन आइतबार १० प्रतिशतले घटेर यसको मूल्य ३ सय ५० रुपैयाँबाट झरेर ३ सय १५ रुपैयाँमा पुगेको थियो । त्यस्तै, दोश्रो दिन पनि सो सेयरमा नेगेटिभ सर्किट लागेर ३ सय १५ रुपैयाँबाट २ सय ८३ रुपैयाँ ५० पैसा कायम भएको थियो ।
त्यसैगरी, तेश्रो दिन पनि सोनापुरको सेयर २ सय ८३ रुपैयाँ ५० पैसाबाट झरेर २ सय ५५ रुपैयाँ ५० पैसामा पुगेको थियो । आज चौथो दिन बुधबार २ सय ५५ रुपैयाँ ५० पैसाबाट तल झरेर २ सय ३४ रुपैयाँ ८० पैसा पुगेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्