×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भ्रष्टाचार प्रमाणित भए कार्वाही गर्ने निकाय छ, नेप्सेको रबैया रोक्न भए पनि नयाँ स्टक एक्सचेञ्ज तुरुन्त ल्याऊ (सम्पादकीय)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

भ्रष्टाचार प्रमाणित भए कार्वाही गर्ने निकाय छ, नेप्सेको रबैया रोक्न भए पनि नयाँ स्टक एक्सचेञ्ज तुरुन्त ल्याऊ (सम्पादकीय)

Artha Sarokar

१३ मंसिर २०८०, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । कागजमा लेखिएको कुनै त्रुटी भए हामी सजिलै प्रिन्टिङ मिस्टेक भानिदिन्छौँ । तर त्यो गल्ती प्रिन्टरको होइन, टाइप गर्नेको हुन्छ । बर्षौंदेखि यसरी टाइप गर्नेले गरेको अपजस प्रिन्टरले पाएजस्तै नेप्सेले गरेका अनेक हर्कतको अपजश नेप्सेको प्राविधिक टिमले पाईरहेको हुन्छ । जनताको नजरमा भ्रष्टाचारमा लिप्त एउटा ‘थर्ड क्लास कम्पनी’ लाई नेप्सेले कमिसन खाएर दिएको जिम्मेवारीका कारण अहिले लगानीकर्ता मारमा छन् । हुनुपर्ने समयमा सेयरको कारोबारसम्म रोकिने स्थिति देखिएको छ ।

बुधबार पनि त्यस्तै भयो । सिष्टममा अलिअलि चलखेल गर्न नपुगेर थप चलखेलको प्रयास गर्न खोज्दा टेक्निकल बग देखियो, जसका कारण नेप्सेमा प्रिओपन सेसनमा कारोबार नै हुन सकेन । प्रिओपनिङ कारोबार हुन नसकेपछि ११ बजेदेखि हुने नियमित कारोबारमा पनि समस्या देखियो । नेप्से यसलाई सामान्य प्राविधिक समस्या भनेर टार्न खोजिरहेको छ, तर यो लापर्वाही र चलखेल आम लगानीकर्ताको विपक्षमा गरिएको अक्षम्य हर्कत हो।

नेप्से आफैंमा भ्रष्टाचारमा चरम लिप्त भएको कम्पनी हो । ‘आफैँ केजाती, आफैँ झाँक्री’ जसरी नेप्सेले वर्षौंदेखि चलखेल गरेर माफिया पोसाईरहेको छ, आम सेयर लगानीकर्तालाई सोसीरहेको छ । नेप्सेको यो मनपरी रोक्न पनि नयाँ स्टक एक्सचेञ्ज आवश्यक छ ।

अहिले सिमित घरानालाई नयाँ एक्सचेञ्ज दिन खोजियो, भ्रष्टाचार गर्न खोजियो भन्ने भाष्य निर्माण गरेर नयाँ स्टक एक्सचेञ्ज रोक्ने काम हुँदैछ । भ्रष्टाचार गरेको प्रमाणित भए कानुन विपरित काम गर्नेलाई कार्वाही गर्नुपर्छ भन्ने कुरामा कुनै दुईमत हुँदैन, छैन । तर यहि अप्रमाणित कारण देखाएर अव पनि नयाँ स्टक एक्सचेञ्ज रोक्ने काम भयो भने त्यसले आम लगानीकर्तालाई कुनै पनि हित गर्दैन ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी