काठमाडौँ । भारतले नेपाललाई २५ हजार मेट्रिक टन चिनी आयात गर्न दिने भएको छ । यसअघि चिनीमा प्रतिबन्ध लगाएको भारतले नेपालमा चिनीको अभाव काम गर्न २५ हजार मेट्रिक टन चिनी आयात गर्न दिने भएको हो ।
चाडवाडको मुखमा नेपाली बजारमा भएको चिनीको अभाव हटाउन भारतीय कृषि मन्त्रालयले २५ हजार मेट्रिक टनसम्म चिनी आयात गर्न दिने निर्णय गरेको हो ।
यसअघि विश्वको सबैभन्दा ठूलो चिनी उत्पादक मुलुक भारतमा नै चिनीको उत्पादनमा कमी आएको भन्दै भारत सरकारले नेपालमा चिनी आयातमा प्रतिबन्ध लगाएको थियो । तर, नेपाली बजारमा अत्याधिक चिनीको अभाव हुन थालेपछि प्रतिबन्ध फुकुवा गर्दै भारतले २५ हजार मेट्रिक टनसम्म चिनी आयात गर्न दिने भएको हो । यसले चाडवाडको मुखमा चिनीको अभाव नहुनेमा विश्वास गरिएको छ ।
हाल नेपाली बजारमा चिनी अभावका कारण उपभोक्ताले झेल्नुपरेको महँगी र कालोबजारीको समस्या पनि टर्ने अपेक्षा गरिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्