काठमाडौं । तारागाउँ रिजेन्सी होटल्स लिमिटेडले सेयरधनीलाई नगद लाभांश लिन बोलाएको छ । होटलले एक सूचना जारी लाभांश लिन बोलाएको हो ।
विभिन्न साधारणसभाबाट पारित भएको नगद लाभांश केहि सेयरधनीहरुले बुझिलिन बाँकी रहेकाले सूचना नै जारी गरेर बोलाएको हो । लाभांश लिनको लागि कम्पनीको सेयर रजिष्ट्रार एनआइसी एशिया क्यापिटल, थापाथली काठमाडौंमा सम्पर्क गर्न आग्रह गरेको छ ।
साथै, सेयर प्रमाणपत्र अभौतिकिकारण नगरेका सेयरधनीले डिम्याट खाता खोलेको सम्बन्धित निक्षेप सदस्यमा सम्पर्क गरी आफ्नो सेयर प्रमाणपत्र अभौतिकिकरण गरी नेपाल क्लियरिङ्ग हाउस अन्तर्गत आइपिएस सदस्यता प्राप्त कुनै पनि बैंक तथा वित्तिय संस्थामा रहेको आफ्नो बैंक खाता नम्बर सहितको विवरण अद्यावधिक गर्न अनुरोध गरेको छ ।
उक्त सेयर प्रमाणपत्र समयमा अभौतिकिकरण नभएमा सम्बन्धित सेयरधनीको बैंक खातामा लाभांश नजाने सुचनामा उल्लेख गरेको छ ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्