×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ठुला एकादशीका दिन कतिमा किनबेच हुँदैछ तरुल र सखरखण्ड ?

LAXMI SUNRISE BANK
GLOBAL

ठुला एकादशीका दिन कतिमा किनबेच हुँदैछ तरुल र सखरखण्ड ?

७ मंसिर २०८०, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । हरिबोधनी एकादशी ब्रतका कारण तरुल र सखरखण्डको माग बढेको छ । एकादशीको दिन तरुल, शखरखण्ड, पिँडालु जस्ता कन्तमूल खाने प्रचलन रहेका कारण माग बढेको हो ।

कालिमाटी तरकारी तथा फलफूल बजार विकास समितिले दैनिक सार्वजनिक गर्ने मुल्यसुची अनुसार तरुलको मूल्य न्युनतम ७० रुपैयाँदेखि अधिकतम ८० रुपैयाँसम्म किनबेच भईरहेको छ । त्यस्तै, सखरखण्ड प्रतिकेजी न्युनतम ५० रुपैयाँदेखि अधिकतम ६० रुपैयाँसम्म बिक्री वितरण भईरहेको बजार विकास समितिले जनाएको छ ।

त्यसैगरी, पिँडालु प्रतिकेजी न्युनतम ६० रुपैयाँदेखि अधिकतम ७० रुपैयाँसम्म किनबेच भईरहेको छ । हिन्दु धर्मावलम्बीहरुले ब्रत बस्ने हुँदा यी बस्तुको माग बढेको हो । एकादशीको दिनमा व्रत बस्ने र चामलको परिकार खान नहुने परम्परा अनुसार पिँडालु, तरुल, सख्खरखण्ड र अन्य फलफुल खाने गरिन्छ ।

हरिशयनी एकादशीका दिन घरघरमा रोपिएको तुलसीको मठलाई परम्परा अनुसार सिगारेर पूजा गरी माला लगाएर विष्णुसँग विवाह गराइ दिने प्रचलन रहेको छ ।हरिबोधिनी एकादशीलाई वर्षभरका अरु एकादशीमध्ये सबैभन्दा महत्वपूर्ण मान्ने गरिन्छ । यसैले सामान्य बोलीचालीको भाषामा यसलाई ठूलो एकादशी पनि भनिने गरिन्छ ।

आजका दिनमा चार नारायणको दर्शन गरेमा पुण्य प्राप्त हुने र चिताएको फल प्राप्त हुने जनविश्वास रहेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी