Skip to content
LAXMI SUNRISE BANK

सञ्चार रजिष्ट्रारको कार्यलयले सम्पन्न गर्यो ‘समाचार लेखन तथा सम्पादन कार्यशाला’, क्रियाशिल पत्रकार महिलाहरुको लेखन क्षमता विकास गर्ने उद्देश्य !

मंजिला पाण्डे

काठमाडौँ । बागमती प्रदेश अन्तर्गत सञ्चार रजिष्ट्रारको कार्यलयद्वारा आयोजित ५ दिने ‘समाचार लेखन तथा सम्पादन कार्यशाला’ सम्पन्न भएको छ । बागमती प्रदेशमा क्रियाशिल पत्रकार महिलाहरुको लेखन क्षमता विकास गर्ने उद्देश्यले सञ्चार रजिष्ट्रारको कार्यालय बागती प्रदेशले आयोजना गरेको उक्त कार्यशाला सोमबार सम्पन्न भएको हो ।

चितवनको चम्पा नगर, हवेलीमा सुरु भएको उक्त ५ दिने कार्यशालामा बागमती प्रदेशका १३ वटै जिल्लाबाट विभिन्न मिडियामा कार्यरत ३१ जना पत्रकार महिलाहरुको सहभागिता रहेको थियो । सो ५ दिने ‘समाचार लेखन तथा सम्पादन कार्यशाला’ मा प्रशिक्षकद्वय विनोद ढुंगेल र सुरेन्द्र पाण्डेले प्रशिक्षण दिएका थिए ।

सञ्चार रजिष्टार रेवती प्रसाद सापकोटाले ५ दिने सिकाइ कार्यशालाले आगामी दिनमा सहभागी महिला पत्रकारहरुलाई समाचार लेखन तथा सम्पादनमा थप सहयोग पुग्ने विश्वास व्यक्त गरेका थिए ।

कार्यशाला समापनका क्रममा सञ्चार रजिष्टार सापकोटाले अघिल्लो वर्ष पनि पत्रकार महिलाहरुका लागि लेखन तथा सम्पादन कार्यशाला मकवानपुरको दामनमा सञ्चालन गरेको जानकारी दिएका थिए । उनले बागमती प्रदेशका महिला पत्रकारहरुलाई सक्रिय बनाउन आउने दिनहरुमा विभिन्न प्रकारका कार्यशालाको आयोजना गर्नेसमेत बताएका थिए ।

त्यस्तै, कार्यशालाको समापन कार्यक्रममा सहभागी पत्रकार महिलाहरुलाई प्रमाणपत्र वितरण गर्दै सापकोटाले विधाई गरेका थिए ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK