×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

तीनकुनेमा निषेधाज्ञाः ससुराली हिँडेकालाई समेत प्रहरीले समात्यो, ‘घरै देखाएपछि बल्ल छोड्यो’

PRIME CA

तीनकुनेमा निषेधाज्ञाः ससुराली हिँडेकालाई समेत प्रहरीले समात्यो, ‘घरै देखाएपछि बल्ल छोड्यो’

८ मंसिर २०८०, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । काठमाडौँको तीनकुनेबाट प्रहरीले धमाधम दुर्गा प्रसाईंका समर्थकलाई पक्राउ गरेको छ । शुक्रबार प्रसाईंको घोषणापछि आन्दोलनलाई समर्थन गर्न तीनकुने पुगेका प्रसाईंका समर्थकलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीले प्रसाईंका समर्थक मात्र होइन, शंका लागेका सबैलाई धमाधम पक्राउ गरिरहेको छ । 

शंकाकै भरमा प्रहरीले तीनकुने क्षेत्रबाट नागरिक पक्राउ गर्न थालेपछि सर्वसाधारण पनि आतंकित बनेका छन् । प्रहरीले तीनकुने क्षेत्रमा प्रदर्शन गर्न नपाइने भन्दै भकाभक प्रसाईंका समर्थकलाई पक्राउ गरेको छ । 

प्रसाईंका समर्थक भन्दै प्रहरीले सोधपुछ नै नगरी सर्वसाधारणलाई पनि जबरजस्ती नियन्त्रणमा लिएको छ । ‘म आन्दोलनमा आएकै होइन । म कसैको समर्थक र विरोधी पनि होइन । बाटो हिँडिरहेका बेला प्रहरीले एक्कासि समातेर भ्यानमा हाल्न खोज्यो ।’, तीनकुनेबाट प्रहरीको नियन्त्रणमा परेका एक सर्वसाधारणले भने, ‘किन समातेको भन्दा माथिको आदेश मात्रै भनियो । पछि आन्दोलनमा होइन, ससुराली आएको हो भन्दै घर नै देखाएपछि बल्ल छोडियो ।’

यता प्रहरीले भने तीनकुने क्षेत्रमा आन्दोलन वा प्रदर्शन गर्ने जोकोहीलाई पनि पक्राउ गर्ने चेतावनी दिएको छ । अहिले प्रहरीले तीनकुनेमा ‘तपाईहरुको प्रदर्शनस्थल बल्खु हो, बल्खुमा जानुस् । यहाँ भेला भएर आन्दोलन भेला गर्नुभयो भने कानुनअनुसार कारवाही गरिनेछ’ भन्दै माइकिङ गरिरहेको छ । 

शुक्रबार सरकारले व्यवसायी दुर्गा प्रसाईंलाई ‘अघोषित नजरबन्द’मा राखेको छ । बिहानैदेखि प्रसाईंको निवासमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । 

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: