×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

LAXMI SUNRISE BANK ltd

युनिलिभर नेपालले मंसिर २६ गते वार्षिक साधारण सभा गर्ने

काठमाडौं । युनिलिभर नेपालले वार्षिक साधारण सभा गर्ने भएको छ । कम्पनीले  मंसिर २६ गते ३० औं वार्षिक साधारण सभा गर्ने भएको हो ।

कम्पनीको सभा काठमाडौंको होटल याक एन्ड यती दरबारमार्गमा दिउँसो ४:३० बजेदेखि सुरु हुने भएको छ ।

सो सभाले कर सहित १५ सय ८० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । कम्पनीले घोषणा गरेका नगद लाभांश हालसम्मकै सबैभन्दा धेरै प्रतिफल हो ।

सभामा आर्थिक वर्ष २०७९-८० को वार्षिक प्रतिवेदनमा छलफल हुने भएको छ । सोही आर्थिक वर्षको नाफा-नोक्सान, नगद प्रवाहमा पनि छलफल गर्ने तथा सामाजिक उत्तरदायित्व अन्तर्गतका सामाजिक र सामुदायिक परियोजनाहरुको खर्चहरु पारित गर्ने एजेन्डा रहेको कम्पनीले जनाएको छ । साथै, नियमावली संशोधन गर्नुपरेमा त्यसमा पनि छलफल हुने कम्पनीले जनाएको छ ।

सभा प्रयोजनार्थ कम्पनीले मंसिर १२ गतेदेखि २६ गतेसम्म बुक क्लोज गर्नेछ । सेयरधनीले मंसिर ११ गतेसम्म प्रस्तावित लाभांश पाउनेछन् ।

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: