×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

युनिलिभर नेपालद्वारा विपद् पीडित समुदायलाई आर्थिक सहयोग

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

युनिलिभर नेपालद्वारा विपद् पीडित समुदायलाई आर्थिक सहयोग

Artha Sarokar

५ मंसिर २०८०, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

कठमाडौँ । युनिलिभर नेपालले विपद् पीडित समुदायलाई आर्थिक सहयोग गरेको छ । कम्पनीले भूकम्प प्रभावित क्षेत्रमा पुनर्निर्माण र पुनर्स्थापना कार्यलाई साथ दिनको लागि ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ मा १ करोड रुपैयाँ हस्तान्तरण गरेको हो ।

कम्पनीले भूकम्पबाट क्षति भएका पीडितलाई केहि राहत पुर्याउने उदेश्यले आर्थिक सहयोग प्रदान गरेको छ । भूकम्पबाट प्रभावित जाजरकोट र रुकुम जिल्लामा पाल, कम्बल, औषधि, ड्राई फुड, हर्लिक्स, सुप लगायतका तत्काल राहत सामग्री पुर्याउँदा मानवीय तथा भौतिक क्षतिले हुने पीडा महसुस गरेको कम्पनीले जनाएको छ ।

युनिलिभर नेपालले भूकम्पमा परी ज्यान गुमाएकाहरूप्रति ऐक्यबद्धता प्रकट गर्दै दिवङ्गत आत्माप्रति श्रद्धाञ्जली अर्पण गरेको छ । कम्पनीले पीडित परिवार र राष्ट्रसँग ऐक्यबद्धता प्रकट गर्दै कम्पनीका सञ्चालक तथा वरिष्ठ अधिकारीहरूको प्रतिनिधिमण्डलले सम्माननीय प्रधानमन्त्रीलाई उक्त चेक हस्तान्तरण गरेको हो ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी