काठमाडौं । युनाइटेड मोदी हाइड्रोपावरले हकप्रद सेयर जारी गर्ने भएको छ । हाइड्रोपावरले हाल कायम चुक्त्ता पुँजीको १:१ अनुपातमा हकप्रद सेयर जारी गर्ने भएको हो ।
कम्पनीको मङ्सिर १३ गते बुधबार बसेको संचालक समिति बैठकले १:१ अनुपातमा हकप्रद सेयर जारी गर्ने निर्णय गरेको हो । कम्पनीले आफ्नो उद्देश्य बमोजिम जलविद्युत आयोजनामा लगानी गर्न उक्त सेयर जारी गर्न लागेको हो ।
नियामक निकायबाट स्वीकृति भएपछि मात्र कम्पनीले आगामी साधारणसभामा उक्त प्रस्ताव पेश गर्नेछ । सभाबाट पारित भएपछि नेपाल धितोपत्र बोर्डमा निवेदन पेश गर्ने जनाएको छ । बोर्डबाट अनुमति पाएपछि मात्र कम्पनीले हकप्रद सेयर बिक्री गर्नेछ ।
हाल हाइड्रोपावरको चुक्ता १ अर्ब २३ करोड ५ लाख रुपैयाँ रहेको छ । हकप्रद पछि २ अर्ब ४६ करोड १० लाख रुपैयाँ पुग्नेछ ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्